सन्देश लामिछाने :;
बाबु, तिमी सानै छौ यस्तो कुरा अलि बुझ्दैनौ । यो संसारमा नमाग्ने कोही छैन । म तिमीसँग मागिरहेको छु, तिमी तिम्रो बाबुसँग माग्छौ, तिम्रा बाबु अहिले कतै कोहीसँग मागिरहेका होलान् । तिम्रो देशको प्रधानमन्त्री विदेशमा गएर म देश बनाउँछु भन्दै मागिरहेछन् । अमेरिकाले पनि ऋण र अनुदान मागेरै देश बनाएको हो । संसारमा सबैभन्दा बढी ऋण नै उसैको छ । यो संसारमा सबका सब माग्ने छन् । सबका सब ऋणी छन् । त्यसकारण माग्न लजाउनु पर्ने कुनै कारण छैन । न त ऋण लाग्यो भनेरै चिन्ता गर्नु पर्ने आवश्यक छ । तिमी केका लागि मागिरहेका छौ त्यो कुरा प्रमुख हो ? यो धराका हामी सबै मनुष्य एक अर्कासँग मागिरहेका छौं । तर दिनेहरूलाई के भ्रम पर्छ भने म दाता हुँ । जस्तो तिमीले अहिले मलाई केही चामल दिन्छौ । त्यो बेला तिमीलाई लाग्छ म दाता हुँ । तर तिमी दाता होइनौ । यहाँ कोही दाता छैन । दाता सबैको एउटै छन्, परमात्मा । यहाँ जसले जसलाई दिए पनि दिने उसैको हो ।"
त्यो बेला मैले उसको कुरा धेरै बुझ्न नसक्नु कुनै अनौठो थिएन । म सानै थिएँ । मैले उही केटौले प्रश्न फेरि सोधें, "त्यसो भए के माग्दैमा सबै कुरा पाइन्छ ?"
"पाइन्छ ।" ती भिखारीले आत्मविश्वासका साथ भने, "मागेर नपाउने यो संसारमा केही छैन । बस् माग्ने हिम्मत चाहिन्छ । त्यसैले जीवनमा महान् बन्न चाहन्छौ भने माग्ने हिम्मत गर । महान् माग । माग्ने कला सिक ।"
"माग्दा जे पनि पाइदो रहेछ भने तपाईं सुन नमागेर किन चामलका दाना माग्नुहुन्छ ?” यो माग्ने दर्शन नबुझेको मलाई उसको कुरा निकै अनौठो लागेको थियो ।
"बाबु, जुन बेला जे आवश्यक हुन्छ बुद्धिमान मानिसले त्यही मात्र माग्नुपर्छ । पैसा चाहिएको बेला काम, भोक लागेको बेलामा चामल, तिर्खा लागेको बेलामा पानी नै माग्नुपर्छ सुन होइन । तिमी लेख्नका लागि आफ्नो बाबासँग कलम माग्छौ कि सुन ?"
No comments:
Post a Comment