Thursday, September 26, 2024

माग्ने कसरी ?

 सन्देश लामिछाने :;   

 बाबु, तिमी सानै छौ यस्तो कुरा अलि बुझ्दैनौ । यो संसारमा नमाग्ने कोही छैन । म तिमीसँग मागिरहेको छु, तिमी तिम्रो बाबुसँग माग्छौ, तिम्रा बाबु अहिले कतै कोहीसँग मागिरहेका होलान् । तिम्रो देशको प्रधानमन्त्री विदेशमा गएर म देश बनाउँछु भन्दै मागिरहेछन् । अमेरिकाले पनि ऋण र अनुदान मागेरै देश बनाएको हो । संसारमा सबैभन्दा बढी ऋण नै उसैको छ । यो संसारमा सबका सब माग्ने छन् । सबका सब ऋणी छन् । त्यसकारण माग्न लजाउनु पर्ने कुनै कारण छैन । न त ऋण लाग्यो भनेरै चिन्ता गर्नु पर्ने आवश्यक छ । तिमी केका लागि मागिरहेका छौ त्यो कुरा प्रमुख हो ? यो धराका हामी सबै मनुष्य एक अर्कासँग मागिरहेका छौं । तर दिनेहरूलाई के भ्रम पर्छ भने म दाता हुँ । जस्तो तिमीले अहिले मलाई केही चामल दिन्छौ । त्यो बेला तिमीलाई लाग्छ म दाता हुँ । तर तिमी दाता होइनौ । यहाँ कोही दाता छैन । दाता सबैको एउटै छन्, परमात्मा । यहाँ जसले जसलाई दिए पनि दिने उसैको हो ।"


त्यो बेला मैले उसको कुरा धेरै बुझ्न नसक्नु कुनै अनौठो थिएन । म सानै थिएँ । मैले उही केटौले प्रश्न फेरि सोधें, "त्यसो भए के माग्दैमा सबै कुरा पाइन्छ ?"


"पाइन्छ ।" ती भिखारीले आत्मविश्वासका साथ भने, "मागेर नपाउने यो संसारमा केही छैन । बस् माग्ने हिम्मत चाहिन्छ । त्यसैले जीवनमा महान् बन्न चाहन्छौ भने माग्ने हिम्मत गर । महान् माग । माग्ने कला सिक ।"


"माग्दा जे पनि पाइदो रहेछ भने तपाईं सुन नमागेर किन चामलका दाना माग्नुहुन्छ ?” यो माग्ने दर्शन नबुझेको मलाई उसको कुरा निकै अनौठो लागेको थियो ।


"बाबु, जुन बेला जे आवश्यक हुन्छ बुद्धिमान मानिसले त्यही मात्र माग्नुपर्छ । पैसा चाहिएको बेला काम, भोक लागेको बेलामा चामल, तिर्खा लागेको बेलामा पानी नै माग्नुपर्छ सुन होइन । तिमी लेख्नका लागि आफ्नो बाबासँग कलम माग्छौ कि सुन ?" 

Sunday, July 28, 2024

गाउँ मलाइ सधैँ गरिमापूर्ण लाग्छ ।

 

सन्देश लामिछाने 

गाउँ मलाइ सधैँ गरिमापूर्ण लाग्छ ।

हाम्रा गाउँघरहरू अनेकन मिठास मिश्रित बिम्बहरूले बनेका छन् । हर कुराको असली स्वाद गाउँमै छ । यहाँ माया,खुशि,दु:ख,शुख छ।, त्यहि भएर त आफु आनन्द र मन भित्र शान्त भएको अनुभुति गर्न पाइन्छ ।


सहरमा खाएको अन्न र गाउँमा आफ्नै हातले फलाएर खाएको अन्नमा दोब्बर मिठास भेटीन्छ् । त्यसमा आफ्नो आमाको हातले पकाएर खुवाएको खानाको असली स्वादको त के कुरा गर्नु; भान्सामा पस्दा पेट भान्साको बास्नाले नै भरिएर आउँछ।



केहि गाउँहरू घुम्न निस्केको थिए । हरेक घरहरू मा अभाव युवा छोरा छोरीकै छ। लाग्छ अब गाउँ पनि पहिला जस्तो गाउँ छैन्। गाउँहरू पनि संरक्षण गर्ने बेला आएको जस्तो छ......।



धर्म गर्नेहरू हराउदै गएका छन्। धर्म भनेको स्वभाव हो। ''दया, भलाइ, करूणा, प्रेम, सेवा अर्थात् मान्छेमा हुनुपर्ने धर्म भनेको सद्गुण हो । मान्छेमा यी चीज छैनन् भने ऊ मान्छे नै होइन। यी प्राकृतिक हुन् यदि मानिसले प्राकृतिक स्वभाव भुल्यो भने त्यो प्रकृतिको विरूद्धमा हुन जान्छ।'

वर्षायामको बेलाले जता हेरे पनि हरियालीले गाउँ पुरै हरित छ। जता हेर्यो रमाइलै रमाइलो छ । झालभरी अनेकन तरकारी फलेका छन् । आफ्नै हातले टिप्दाको आनन्द बेग्लै हुन्छ । करेसाबारीमा पस्यो कि मन अनेक रोमाञ्चले भरिन्छ ।



आज भोलि गाडि चढ्नु बाध्यता नै हो, भने हिड्नु रहर भएको छ। लाग्छ अबको नयाँ पुस्ताले पहिला जस्तो कृर्षी गर्दैन्न्, रैथाने बालिहरू नस्ट हुदै र गर्दै गएका छन्। त्यो सिप नँया पुस्ताले सिक्न चाहानु र भाग्य नै हो। थोरै मेहनतमा धेरै उब्जनी गर्न सकिने यो गाउँको विशेषता हो ।

आज भोलि  ढाका टोपि लगाउने मान्छे देख्न मुस्किल बन्दै गएको छ। गाउँमा बस्ने छोराछोरीहरू घर जितेर बसेका होला कि हारेर? देशमै काम गर्न नस्कने छोराछोरीहरू देश बाटै हराउदा रहेछन्। बजार मा जन्मेका छोराछोरी नाति नातिनाले किन गाउँमा नयाँ प्रबिधिको प्रयोग गरेर गाउँको अर्गानिक ताजा तरकारीहरू,फलफुलहरू, गेडागुडीहरू, दुध, दहि लगाएत अन्य चिज प्रयोग गर्न सकेका छैन्न।


लाग्छ अबको नयाँ पुस्ताले परीर्वतन गर्नु छ भने गाउँमा बस्ने मानिस सानो,गरिब र बजारमा बस्ने मानिस ठुलो, धनि हो भन्ने सोच सबै भन्दा पहिला त्याग्नु पर्छ।गाउँ र बजार प्ररीपुरक नै हुन । गाउँमा   गाउँको स्वच्छ हावापानी र खानपानमा रमाउन पाउँदा मन प्रमोद र आनन्दले भरिन्छ। यो सबै गाउँको माटोको देन हो।

Sunday, May 26, 2024

Motivated: few sentences

Sandesh Lamichhane 

Going for your dreams is like reaching for the stars! It’s important to believe in yourself and not let anyone say you can’t do it. Imagine having the big, happy life you’ve always wanted! It’s all about trying hard, learning lots, and never giving up.


Remember, it’s good to have people around who cheer you on. Find friends and family who believe in you and your big dreams. They can help when things get tough and celebrate with you when you succeed!

So, dream big, work hard, and surround yourself with cheerleaders! Your dreams are like seeds, and with care and support, they can grow into something amazing. Don’t let anyone tell you otherwise – go for it, and make your dreams come true!

Sunday, March 31, 2024

Wellbeing is a mindset

 It is a fact that a great number of people check their phone the moment they wake up in the morning.

Before they appreciate the fact that they opened their eye to a new day, in a warm bed, safe and sound, they "allow" hundreds of voices, images, views and people to "enter" their bedroom and their mind.

Wellbeing is a mindset.
It's not only about eating vegetables, drinking water and taking a walk.
It's about physical, mental, emotional and spiritual health.

Give yourself a minute to be well and give thanks. To connect, empathize and smile. Remember, nothing is for granted.

So let us start our week by giving one minute to enhance our wellbeing and smile to life. 
-------------------------
Are you ready to unlock your potential and be the best version of yourself? Join our community of inspiring people who are embracing change through personal growth, life balance and wellness. 
Sandesh  for more information.

Tuesday, March 5, 2024

कस्तो मानिस मात्र स्वास्थ्य सफल मानिन्छ ?



मानिसको मस्तिष्कमा (दिमाग ) दिनको १२ हजारदेखि ६० हजार विचारहरु उत्पन्न हुन्छन् । मानिसको मन मा दैनिक ६० हजारदेखि ८० हजार सम्म विचारहरु चल्छन् ।  औसतमा हरेक दिन ६० हजार विचाहरु चल्दछन् ।  एक घन्टामा २५ सय विचाहरु चल्दछन भने १ मिनेटमा लगभग ४२ विचारहरु चल्दछन् । नकारात्मक ८०% ,सकारात्मक २०% र कुल विचारमा नयाँ नभएर पुरानै विचार ९५% चल्छन् र नयाँ ५% चल्छन् ।  

जिन्दगीको गुणस्तर विचारको माध्यमद्वारा हामीले गर्ने आन्तरिक तथा बाह्य संवादमा भर पर्दछ । विचारले हाम्रो समग्र शरीरको रसायन मा परिवर्तन ल्याउदछ । हामी जे कुरा बारामबार दोहोर्याइ रहन्छौ पछि त्यही कुरा बन्छ ।जिन्दगीले कसैलाई कुनै पनि बेला झड्का दिन सक्दछ ।झड्का खानु भएको छैन भने मान्नुहोस् जिन्दगी सुरु भएकै छैन । त्यस झड्काको प्रभावले जिन्दगीमा के हुन्छ ? यो महत्त्वपूर्ण प्रश्न हो ?

मन रुपी खेतमा हामीले कस्ता विचारहरु रोपेका छौ ? कस्ता विचारहरुलाई मलजल गरेका छौँ ? विचार अनुरुप मनको अवस्था बन्दछ । मनको अवस्था जस्तो हुन्छ । जिन्दगी पनि त्यस्तै हुन्छ । मन कसरी नियन्त्रण गर्ने ? शारीरिक,मानसिक ,आर्थिक र आध्यात्मिक अनुशासनको एक समूह योग हो । दीर्घ जीवनक लागि प्रणायाम गर्नुपर्छ । जस्ले लामो श्वास फेर्छ, त्यही लामो समय बाँचछ ।

सुगुरले १ मिनेटमा ३०-३२ पल्ट श्वास फेर्छ । त्यही भएर आयु १०-१२ बर्ष मात्रै हुन्छ । कछुवाले १ मिनेटमा ४-५ पटक श्वास फेर्छ । गहिरो श्वास फेर्ने हुनाले कछुवा ४-५ सय बर्ष सम्म बाँच्छ । मान्छेले १६ पटक फेर्छ १ मिनेटमा आयु ६५-७० औसत बर्ष हुन्छ । रिसाएको बेलामा ४० देखि ६० पटक सम्म फेर्छ । कामवासनाको बेलामा पनि त्यति नै श्वास फेर्छ । तनाव,क्रोध जति बढ्यो मान्छेको आयुमा फरक पार्छ । जतिछिटो श्वास फेर्यो त्यति नै आयु घट्छ । पहिला ऋषिमुनी प्राणायम गर्थे गहिरो श्वास फेर्थे । त्यहि भएर १ सय ४० बर्ष सम पनि बाँच्थे अर्थात स्वास्थ्य पनि हुन्थे ।

स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ ।

स्वास्थ्य मानिसको चिनारी रोग मात्रै नभएको भन्ने हुँदैन । मानिस स्वास्थ्य रहन शारीरिक, मानसिक ,आर्थिक ,सामाजिक र आध्यात्मिक अवस्थामा पनि स्वास्थ रहन आवश्यक हुन्छ । तसर्थ स्वास्थ बनाउने एक मात्र उपाय योग र ध्यान नै हो । मानिसको मन र दिमागमा आउने नकारात्मक विचारलाई नियन्त्रण गर्न र सकारात्मक विचारलाई नियमित कायम राख्न धेरै सहयोग गर्छ ।

मानिस कुनै काम मा असफल भए पनि धेरै कुराहरु सिक्न पाएको मा सकारात्मक विचारले गर्दा शान्त रहन्छ र फेरि कोसीको गर्न थाल्छ । शुविधा नपाएको लार्इ शुविधा दियए  मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ। औषधिले निको नभएका रोगहरु पनि निको हुन्छन् । औषधिको असर सजिलै देख्न सकिन्छ तर योग गरेमा त्यसको असर वा बेफाइदा हुँदैन । योग गर्दा तन र मनमा नयाँ उर्जा र फूर्ति बढेर आउँछ ।

योगका कारण विचार स्वास्छ हुन्छ । विचार स्वास्थ हुनु भनेको , मानसिक अवस्था स्वास्थ हुनु हो तसर्थ नयाँ काम, नयाँ विचार उत्पन्न हुन्छन् यसको प्रयोग बाट आर्थिक अवस्था स्वास्थ हुन्छ । आर्थिक स्वास्छ भएको मानिस सामाजिक स्वास्छ हुन्छ । सामाजिक स्वास्छ भएको मानिस आध्यात्मिक स्वास्छ हुन्छ । तनाव, लत , रोग , रिष र डाहा बाट टाढानै रहेको हुन्छ । सानो-ठूलो कसैलाई पनि भिन्न देख्दैन सबैलाई निर्मलको नजरले हेर्छ सम्मान गर्छ ।

शारीरिक ,मानसिक ,आर्थिक ,सामाजिक र आध्यात्मिक स्वास्थ रार्म्रो भएको मानिस मात्र स्वास्थ्य मानिन्छ । ५% मात्रै हाम्रो वरपर मानिहरू सकारात्मक हुन्छन् ।

नोट- हजुरले जे गरे पनि एउटा काम गर्नु होस् तर काम गर्दा काम गरेको थाहा नै नहोस् आफुले काम गर्दा मज्जा रमाइलो र आनन्द  लाग्ने होस् र योग  बिधि प्रयो गर्दा नयाँ म्याजिक (जादु) पाउनु भयो भने हजुर स्वास्थ सफल मानिस हुनुहुन्छ । 




Friday, February 16, 2024

फुल र स्वर्ग


काठमाडौं मा बस्न थालेको लगभग २ महिना पुग्न थाल्यौं । केहि काम केहि  नयाँ कुराहरू सिक्ने प्रक्रिया नै चलिरहेको छ । दैनिकी अनुसार  विहान ६:३० बजे होस्टेलको छतमा गएर चिया  खाने र काठमाडौं लाई नयाँ तरिकाले  हेर्ने प्रक्रिया नै चलिरहेको थियो । केहि दिन यसरी नै चल्दै गएको थियो र मलाई पनि हरेक दिन  नयाँ  नयाँ  लागिएको नै थियो । हेरेर मात्रै पनि नयाँ कुराहरू सिक्ने प्रक्रिया चलिरहेकै थियो । काठमाडौंका हरेक घरमा भएका प्रत्येक  झ्यालहरु बाट कुनै न कुनै  नयाँ कथाहरु भने जस्तै लाग्थ्यो । साच्चिकै भन्ने हो भने  ई झ्यालहरु ले के  कस्ता कथाहरू बोलेका होलान् ?

सायद कुनै सफल भएका होलान् कुनै असफल भएका होलान्कुनै अझै  सफल हुने प्रक्रियामा छन् होलाकुनै झ्याहरुले आधा बाटोमै कथाको यात्रा पो समाप्त  गरेका पनि त होलान् नि । साच्चिकै यो काठमाडौं त सहर धेरै सपनाहरूले मात्रै  भरिएको हुन्छ होला !  यदि साच्चिकै  सोच्ने हो भने सहर राम्रो हुन्छ कि नराम्रो?

 

नयाँ ठाउँ नयाँ सहर  अचम्म लाग्थ्यो यहाँको बसाइँ मान्छेहरूको  भिडभाड देखेर  लाग्थ्यो कि कति हतार  हतारमा छन् मान्छेहरू सपना पुरा गर्न कै लागि न घाम न पानी न जाडो ,  गाउँको बसाइँ छोडेर आए पछि सहरमा मान्छेहरु बाच्नको लागि जे पनि गर्न तयार हुनुपर्ने र गर्दा रहेछन् पनि। कोहि योत्यो फोहोर नभनी प्रत्येक घरले फाल्ने ढलको फोरको खोलामा हात हाल्दै के खोजेका होलायसरी के  सामान उठाएर आफ्नो गुजारा चलाएका होलान्कोहि माग्दै हिडेका छन्  भने,  कसैले आकाशे पुल माथि केही हुन्छ कि भने एउटा कुनामा बेपार गरेका छन् उमेर पुगेका  भमराहरुले पनि  अझ  बल्ल  बल्ल गरेर फक्रन लागेका  कति  राम्रा फुलेहरुको  कोपिला मै रश चुश्न थालेको देख्दा मन खिन्न हुन्छसायद यी कोपिलाहरुको बाध्यता हो कि रहर ? यसरी आफ्नो दैनिक चलाउनको लागि!

 

सायद केहि आनन्द लिएर बस्ने पार्कहरु  र खोलाहरुका काथाहरु पनि बुझ्ने हो भने लाग्छत्यो नारी नै अप्सरा होजो माझीहरुलाई चट्टानतिर लैजान्छेआफ्ना प्रेमीहरुलाई पशुहरुमा परिवर्तित गरिदिन्छे र मछुवाहरुलाई जलको गहिर्याइमा लैजान्छे। उसको  पाशमा फसेको पुरुष आफ्नो  इच्छा-शक्ति  र साहस सबै गुमाउन पुग्दछ। अनि यसरी कसरी हुन्छ होला प्रगति यस्तै  रहस्य मय जसरी पार्क मा त्यसरी यो देख्दा  बजारले मलाइ धेरै कुराहरुको पाठ सिकायो मान्छेले बाच्नको लागि जे पनि गर्न तयार हुदो रहेछ। सहर राम्रो हुन्छ जस्तो लाग्थ्यो मलाई तर म गलत रहेछु  सहर राम्रो हुदैन । यहाँ त नराम्रो भनेका सबै काम र चिजहरु  सजिलोसँग हुने रहेछन्।  सबै चिजहरु सजिलै देखाएर बेचिने र गर्न सकिने पनि रहेछ।

मान्छेहरू हतार  हतारमा निराश अनुहार लिएर मात्रै  हिडिरहेको देख्दा। लाग्छ उनिहरुको अनुहार मा भएको  खुशी कता हराएको होला?  सहर मा एकलो हुनु भनेको मान्छेहरु को हुल मा  भए पनि कशैले नाम लिएर नबोलाउनु भनेको एकलो हुनु नै होला। भो यस्ता कुराहरु नगरौं भो धेरै!

 

एक दिन होस्टेल नजिकै का दुईवटा घरमा आँखाहरु पुग्न थाले  त्यहाँ नयाँ कुराहरू चलिरहेका थिए। घरको छतमा भएका गमलाहरु मा  फुलहरु फुलेका थिए । लाग्थ्यो वल्लो र पल्लो घरमा प्रतिस्पर्धा नै चलिरहेको थियो। मलाई पनि ति घरहरू मा फुलहरु देखेर रमाइलो लागिरहे कै थियौं। यहीँ क्रम चलिरहेको नै छ  तर ती फुलहरुले पनि केहि कथाहरु बोलिरहेका छन्। वल्लो घरमा थोरै  गमला थिए लगभग १० ओटा पल्लो घरमा ५० वटा भन्दा धेरै  थिए। मलाई वल्लो भन्दा पल्लो घरमा भएका फुलहरु धेरै मन परेको थियो। किन कि ती फुलहरुलाई हेर्दा छुट्टै आनन्द लाग्थ्यो। वल्लो घरमा थोरै  फुलहरु त थिए तर पनि केहि नपुग भएको जस्तो लाग्यो लाग्थ्यो,यि फुलेको बारेमा बुझ्न एक महिला लाग्यो।

एक दिन म सँगै होस्टेलमा भएको दाइले फुलहरु देखाउदै  भन्नू भयो’ सन्देश भाइ वल्लो घरमा कति राम्रो फुल छिन् देखेका छौँ एकैछिन म अलमल परे यो दाइले के भन्नु भएको होला भनेर फुलहरुलाई पनि छिन किन भन्दै हुनुहुन्छ भनेर ममैले पनि राम्रो फुल छिन् दाइ अझ पल्लो घरमा त अझै राम्री फुल छिन्भन्दा दाईको मुख बाट  मज्जाको हाशो निस्कियो । म पनि उहाँ सँगै हाशे,हामिहरु हाशेको सुनेर होला होस्टेलको अर्को साथि पनि छतमा आएर भने,अ केहि केही हुदै छ है,  ल बधाई छ’ (मुफलको बधाई) वरिपरिको हावाले छोए जस्तो छ। ऊफ  हाशो लागेको बेला जे बोले पनि झन झन मज्जाले हाशो लाग्ने रहेछ। हाशो सँगै हामिहरुको चियाँ पनि सक्कियो र हामिहरु आ-आफ्नो कोठामा फर्कियौं।

 

शनिबारको दिन सधैं झैँ छतमा गएको थिए त्यो दिन म एकलै थिए मेरो हातमा तातो तातो चियाँ विहानको चिसो मा वा क्या मज्जा हुन्छ है प्रकृतिको अनुभव गर्न पाउदा’ अझै झन जाडो महिना मा कान बाट चिसो हावाहरुले कुराहरू गर्दै हिडिरहेको अनुभव गर्दा’ तपाईंलाई यस्तो पनि लाग्छ कि रमाइलो वा आनन्द के लाग्छ  तपाईंलाइ यस्तो  लाग्छ कि लाग्दैन  होलामलाई त प्रकृति सँगसँगै  मिठो कुराहरू गरे जस्तो लाग्छ त्यो बेला’  केहि न केही त प्रघाट बलियो सम्बन्ध छप्रकृति र हामिहरु मा अझै म सँग।  र त बाटो हिन्दै गर्दा आफुले प्रयोग गरेको पलास्टिकको फोहोर फाल्न मन लाग्दैन। त्यो खोल आफ्नो खोल्टि मा राखेर सँगै घरमा  लिएर आउछु । यो कुरा पनि म स्कुलमा बिहान  बिहानै टिउशन पढ्दै गर्दा हाम्रो कक्षा बाहिर कोहि बुडो मान्छे  लगभग ६५ बर्ष उमेर पुगेको मान्छे आएर हामीलाई केहि पनि न भनि न भनि  दिन दिनै आएर हामीले  गरेको फोहोर उठाएको देखेपछि यो कुराको ज्ञान बोद  भएको थियो। म कति धेरै मैले गरेको  आफ्नो काममा  जिम्मेवारी छु र हुनुपर्छ भनेर!

 

मेरा आँखाहरु वल्लो घरको फुलहरु मा पुगे ति पुलहरुलाई कसैले पानी हालेर  मयालु हातहरुले फुलको प्रतेक पातहरुलाई शुमशुमाई रहेका थिएअनुभव गरिरहेका थिए। कति माया गरिरहे होला न हैँरत कति राम्रोसँग फुल खेलिरहेका छन् फुलहरु पनि’ मैले पानी हाल्ने मान्छेलाई हेरे त्यो बेला न कुनै मेकप न कुनै फेशन थियो । नुहुवाएर आएको मान्छे साच्चिकै प्रकृति सँग सम्बन्ध गाँसिरहेको  देखेपछि लाग्यो,  मान्छे त्यो भन्दा शुन्दर अरु हुन के चाहिन्छ र यहीँ भए र नै  होला पुरुषहरु लाई महिलाको प्रकृति को नेचर “छट्टाहा” “अनुपम” शुन्दर लाग्ने र त यसरी मोहित हुन्छन् पुरुषरुअझै युवतीको ओठ मा मन्द मुस्कान सँग कपाल लहलहै बह्दो झर्ना जस्तै  भयो भने त के चाहिन्छ र अरु हेर्नको लागि..? शुन्दर कुरा।

साच्चिकै उनको उमेर लगभग १९/२० बर्षको हुनुपर्छ। अनुहारमा लिपेको मुस्का भरिपुर्ण शुन्दर शरिरिर निकै  राम्रो  देखिन्थ्यो र्यो दृश्य सायद यहीँ यस्तै शुन्दर दृश्य देखाउनको लागि मान्छेहरुले सिनेमाहरु पनि निकै मेहेनत गरेर बनाउने गर्छन्। अनि कहाँबाट थाहा हुन्छ त हाम्रो उमेरका युवालाई शुन्दर कुरा के हो भनेर..! यहि कुरा न बुझेर होला मेकअप र फेशन गर्नेचलन चलेको अरुलाई देखाउन कै  लागि भए पनि म कति शुन्दर छु भनेर!

अनि बल्ल मैले बुझे  अगाडि त्यो दाइले भनेको कुरा ‘फुल कति राम्री छन भन्ने को! मलाई फेरि  हाशो लाग्यो त्यहीँ कुरा सम्झेर । हा’हा’हा’हा’हा’

 

पल्लो घरको भने अल्लिकति  फरक छ कुरापल्लो घरमा  एक जना हजुरआमा हुनुहुन्छ। उहाँ बिहान उहीँ वल्लो घरमा भएकी फुल्ले जस्तै गरि फुलहरुको ख्याल गर्नु  हुन्छ ।  परन्तु अझै उहाँको मुस्कान सगैँ फुलहरु सँग कुरा गर्ने  तरिका देखेर अझै म एकदमै मोहित भएको थिएकिन यसरी उहाँ कुरा गर्नु हुन्छ होला भनेर र त त्यो दाईलाई पल्लो घरमा भएकि फुल  धेरै राम्री छन् भनेको थिए। खै मलाई थाहा छैन त्यो दाइले बुझेर हाश्नु भयो कि नबुझी!

 

केही दिन यता त्यो रमाइलो दृश्य हेर्ने समय छुटेको थियो।

फेरि एक दिन छतमा दिउँसो पख म सँगै दाइ हुनुहुन्थ्यो र दाइले फेरि  उतै देखाउँदै भन्नु भयो सन्देश भाई ला उता हेर्नू त फुलहरु फुल्न छोडे छन्। मैले भने,  हो त है दाई। उम हो,  ल भन त भाई तिमिलाई के लाग्छ यसको बारेमातिम्रो बिचार?  साच्चिकै भन्ने हो भने  दाइ यी दुईवटा घरमा खुशी छैन्। दाई अचम्म  परेको अनुहार पार्दै भन्नू भयो कसरी भाइ?  वल्लो घरकी छोरी  पढ्न गएकी छन्। यी १० योटा गमलाको  फुलहरु उनैले पल्लो घरमा  फुलेका फुलहरु देखेर ल्याएकी हुन। आफूले फनि राम्रो कुरा सिकेकि हुन। तर उनको घरमा कोहि देख्नु भएको छनि उहाहरु उनका बाबू आमा हुनुहुन्छ। उहाँहरुलाई ती फुलेको मतलब छैन् मोबाइल मा मात्रै ध्यानाकर्षण छ। यसको मतलब छोराछोरीको कुरा बुझ्नु हुदैन्। उहाहरुलाई खुशि र आनन्द के हो थाहा नै छैन। तर पल्लो घरमा हजुरआमा एकलै हुनुहुन्छ। सायद उहाँ केहि दिन कतै जानू पर्यो होला हेर्नु त घरमा केही पनि हुनुहुँदैन। यसको मतलब छोराछोरीहरु बिदेश हुनुहुन्छ होला। तर हेर्नू होला उहाँ आउदा ती ५० ओटा गमलाका फुलहरु फेरि उसै गरि खेल्छन् र फुल्छन्। किन कि उहाँलाई थाहाँ छत्यहाँ भएका केही गमलाहरु छोराछोरीले ल्याएका हुन् र केही आफुले थप्नु भएको हो। यसको मतलब छोराछोरीहरुको मन उहाँले धेरै  राम्रोसँग बुझ्नु हुन्छ। मलाइ के लाग्छ भनेनि दाइ बाबुआमाहरुले छोराछोरीले गरेको कामको तारीफ गर्ने र थपने नै हो। र ती गमलाहरुका फुलहरु सँग उहाँ जहिले बिहानै  उठेर नुहाएर  मन्द मुस्कान छर्दै फुलहरु सँग कुराहरु गर्नु हुन्छ रमाउनु हुन्छ। ती फुलहरुमा आफ्ना छोराछोरी देख्नु हुन्छअर्थात् छोराछोरीको खुशी तर त्यो खुशी छोराछोरीले बुझेनन्। मतलब  त्यो घरमा पनि खुशी र आनन्द छैन्। यी दुबई कुराहरु  पुरा भयो भने स्वर्ग  नै यहीँ हो।

मरे पछिको स्वर्ग पुगिन्छ भन्ने कुरा  सुन्नु भएको छनि है दाइ!  सबैले किन यस्तो भन्छ किन भने होलान् मान्छेहरुले .? यसको मतलब यहीँ हो दाई। मान्छे मरे पछि  स्वर्ग कि नर्क भन्छन्  नि। दाई चुपचाप सुन्दै हुनुहुन्थ्यो  र मैले फेरि थपे’ मान्छेहरुलाई यसको बोध अझै भएको छैन्। र मान्छेले आफ्नो मात्रै कुरा मात्रै गर्ने र सुन्ने अरुको कुराहरु कुरा नै होइन भन्ने र सुन्न गाह्राे मान्ने भएकाले यस्तो गर्न विभिन्न  कारणहरु जस्तो काममा अल्झन  छन् बनाएका हुन। धेरै  छन्  यस्ता कारण दाइ’  जस्को कारण  हामीले एक अर्काे इज्जत अर्थात कुराहरू सुन्ने गर्छौं । भयो दाइ यस्ता कुराहरू नगरौं।  मैले फेरि दाईलाई जिस्काउदै भने अब वल्लो घरको फुल आए  पछि माथि हेर्न आउनुपर्छ।

दाइ र म फेरि  मज्जाले हास्दै हास्दै आ-आफ्नो  कोठामा लाग्यौं।

 

फेरि  एक हप्ता पछि हजुरआमा आउनु भयो सँगै नयाँ  फुलका बेर्ना ल्याउनु भएको रहेछ लगाएको एक हप्ता मै ति फुलहरु फुलेका छन् । भने वल्लो  घरमा न  राति मा बत्ती बल्छ न फुलहरु फुलेका हुन्छन्। फरक केहि छैन् पल्लो घरमा बत्ती बल्छ तर छोराछोरी छैनन्।  वल्लो घरमा  कलेज बाट युवती आउदा पनि फुलहरु लिएर आउने गर्छिन् । तर उन्ले गरेका काम र मन बुझ्ने  फुर्सद बाबुआमालाई  कत्ति मतलब छैन् । उनले भन्न न सकेर पनि आफ्नो काम  बाट यो कुरा बताएकी र देखाएकि छन्  तर  यो कथा यसरी नै दोहोरी रहन्छ।

 

नोट : छोराछोरी ले बावु आमाको बाबुआमाले छोराछोरी मन बुझ्नुपर्छ । नत्र तपाई वरपरको वातावरणले पनि धेरै कुराहरूको दु:ख देखाइरहेको हुन्छ । छोराछोरीलाई सबैकुरा मा स्वतन्त्र छाड्नु भने छोराछोरी यो पनि बुझ्नुपर्छ कि जिम्मेवारी कति छ मेरो भनेर एउटा घर स्वर्ग बनाउन मा ।

धन्यवाद ।।





#SandeshLamichhane




Sunday, January 28, 2024

नयाँ बसपार्क

 मिति २०७९/ ११ पुस 

✍️: सन्देश लामिछाने 

टिकट काटेर बेनी जाने बसको सिट नवर १२ मा म थिए । हामि  नौं, दस जना अपरिचित मान्छे भए पनि कुराहरु  भने निकै रशिला हुदै थिए  अचानक एउटा भाई  बस् चढेर पैसा माग्न लागे ।  एकैछिन सबैजना चुपचाप भयौं  । उनी  पहिलो सिट बाट पैसा माग्दै  अन्तिमसम्म आउदै गर्दा कसैले पनि पैसा दिनु भएन्  तर  उनले यसरी पैसा माग्दै थिए ..आमाको रगतको उपचार गर्न छ  । दाइ !  पैसा दिनु  दाइ  , मेरो समस्या बुझ्दिनु  । दाइ भन्थे  हातमा पनि पाँच रुपैया  देखि सय सम्मका नोटहरू थिए । लगभग ५०० सम होला । एउटा हातमा  कागज  पनि थियो आमाको नागरिताको फोटो सहित केही लेखिएको  र छाप पनि लगाएको थियो  । उनको कपडा र रुपहेर्दा ट्यापे जस्ता देखिएका  कानमा  ठुला ठुला  टपहरु लगाएका झोलामा लाउरे र्यापरको इमोजिवाला स्टिकर  झुन्डाएका थिए  । बोल्दा पनि अल्लि ठाडो तरिकाले बोलेका थिए । हामीलाई अलिकति असहज जस्तो महसुस  भएको थियो । उनी यति हतारमा थिए कि एकैछिन बसे भने अर्को बस छुट्ने हो कि भन्ने तरखरमा थिए । हुन पनि हो उनलाई धेरै मानिसहरु सँग भेट्नु थियो । आफ्नो आमाको  लागि पैसा माग्नु थियोे । म चढेको बस मा उनलाई  अरु कसैले पनि पैसा दिएनन्  मैले उनी सँग भएको कागज मागे र हेरे जस्तो गरे मेरो खोल्टिमा भएको ४०  रुपैया दिए त्यस पछि मेरो नजिकै बि सिट मा भएको मान्छेले  पनि  थप १० रुपैयाँ दिनु भयो । उनी त्यो पैसा समातेर कत्ति छिटो बसबाट झरे थाहा नै भएन् खै कता गए । फेरि हामिहरु कुरा गर्न  तर्फ लागेका  थियौं  कुराहरू पनि  मज्जाका रमाइला चल्दै थिए । फेरि अर्को कोहि बस  चढेर  आफ्नो हातमा भएको बुवा सुतेको  उपचारको तस्बिर देखाउदै  बिस्तारै  हामिहरु संम उनी आइन्  त्यस बेला संम पनि कसैले पैसा दिनु भएको थिएन तर फेरि उनी बोल्न थालिन् सबैजनालाई मेरो नमस्कार हेर्नुन मेरो बाबाको आज कलेजोको अपरेसन हुदै छ ।   भन्दा उनको आँखा को चमकले खुशीको महसुस हुन्थ्यो । अनुहारले एउटा जादु खोजिरहेको जस्तो देखिन्थ्यो स्वर पनि सरल अनि कति नरम थियो ।  उनले बाबाको लागि हामीसँग सहयोग मात्र होइन हजुरहरुले मेरो बाबाको उपचारको लागि  आशिर्वाद पनि दिनुपर्छ भन्दै थिइन् । उनी सहयोग भन्दा पनि आशिर्वाद माग्न आएको जस्तो महसुस भएको थियोे । मैले पनि खल्ती हेरे तर सयको  भन्दा  सानो नोटहरु थिएनन्  म सँग त्यस बाट एक सय झिकेर दिए  मसँगै बस्नु भएको दाइले पनि आफ्नो खल्ती बाट एक सय रुपैया झिकेर दिनु भयो , फेरि  अर्को  , अर्को  गर्दै  जादा  बसमा भएका सबै ३५ जनाले नै उनलाई पैसा दिनु भयो । उनले पैसा लिदै गर्दा एउटा  मन्द मुस्कान छोडेकि थिइन् । उनी ओर्लिन लागेको  बेलामा हामिहरु तर्फ फर्केर  सबै  जनालाई  नरम स्वरमा , हजुरहरु सबैजनालाई  मेरो र बाबाको तर्फबाट धेरै  धेरै  धन्यवाद भन्दै  हजुरहरु  पनि राम्रोसँग जानुहोला है ...भन्दै शुभयात्रा  भनेर  उनी आफ्नो बाटो लागिन् । उनलाई हतार कत्ति  पनि थिएन उनलाई एउटा विश्वास थियोे । बाबाको उपचार सफल हुन्छ भन्नेमा  ।  

पहिला सहयोग माग्न आएको भाइले  जम्मा ५० रुपैयाँ मात्रै  लगे  पछि आउने वैनीले  लगभग ३५०० सय जति र  सबैजनाको आशिर्वाद पनि  लग्नु भयो । 

 

माग्ने कसरी ?

 सन्देश लामिछाने :;     बाबु, तिमी सानै छौ यस्तो कुरा अलि बुझ्दैनौ । यो संसारमा नमाग्ने कोही छैन । म तिमीसँग मागिरहेको छु, तिमी तिम्रो बाबुस...